१ कार्तिक २०८३, आइतबार

साहनीको ‘नौदुर्गाले घर घरमा बास गरुन’ बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sahani-1– लक्ष्मण सापकोटा

पर्वत । नेपालीहरुको महान पर्व बिजयादशमी र दिपावलीलाई लक्षित गर्दै लोक गायक देव साहनीको नौदुर्गाले घर घरमा बास गरुन बोलको लोक गीत बजारमा आएको छ ।

साहनीको शव्द र स्वर तथा आकाश बिरहीको लयमा सजिएको ‘नौदुर्गाले घर घरमा बास गरुन’–‘दुःख कष्ट सवैको नास गरुन’ बोलको गीत यसै सातादेखि बजारमा आएको हो । रोजगारीका लागि बढ्दो युवायुवतीको पलायन बढ्दै गएका बेला गाउँघरमा चाडपर्वको महत्व र गरिमा घट्दै गएकोप्रति गीतमा उल्लेख गरिएको छ । त्यस्तै नवदुर्गा माता र बडादशै सँगसँगै दिपावलीको धार्मिक महत्वलाई पनि गीतमा झल्काइएको छ । पछिल्लो समय दशै तिहार लगायत अन्य चाडपर्वका गीतहरुमा पनि मौलिकताको अभाव र बिकृतिजन्य गीतहरु बजारका आउका बेला साहनीले परम्परालाई झल्किने खालको गीत गाएका छन् । बागलुङको हटिया गाविस–३ ढलेपिपलमा जन्मिएर झण्डै १३ वर्षदेखि व्यावसायीक रुपमा कलाकारिता क्षेत्रमा लागेका साहनीले आफ्ना सफल गीतहरु मध्ये पछिल्लो एल्वमको रुपमा रहेको नौदुर्गाले घर घरमा बास गरुन बोलको गीतपनि उत्तिकै दर्शक र श्रोताको माया पाउने आशा व्यक्त गरेका छन् ।

उनले चाडवाडको बेलामा आउने विकृतिजन्य गीतसंगितले आम मानिहरुमा गीतसंगीतप्रतिको मोह कम गर्दै गएका बेला परम्परागत संस्कृति झल्कने खालेको गीत आफुले बजारमा ल्याएको उनको दावी छ । उनि भन्छन्–अहिलेका गीतले चाडवाडको मौलिकता भुलिसके, र पश्चिमा संस्कृतिको प्रभावका गीतहरुले बजार जमाएका छन् । यस्तो अवस्थामा आम श्रोता र दर्शकलाई मौलिकता प्रदान गर्न र पुरानै संस्कृतिअनुसार चाडवाड मनाउने परम्परा बसाल्नका लागि यो गीतले महत्वपुर्ण भूमिका खेल्ने विश्वास उनको छ ।

२०६१ सालमा रेडियो नेपालमा स्वर परिक्षा पास गरेर गीतसंगीतमा लागेका साहनीले अहिलेसम्म झण्डै १ सय ८० वटा गीत गाईसकेका छन् भने आधा दर्जन भन्दा बढि एल्बमहरु पनि बजारमा निकालेका छन् । गीतसंगीतकै माध्यमवाट थाईल्याण्ड, भारतका विभिन्न स्थान, जापान लगायतका राष्ट्रको समेत भ्रमण उनले गरिसकेका छन् । माछी तालैमा भेटेको आजै हो अहिले सालैमा उनको पहिलो गीत रहेको छ । त्यसैगरी मार बरु घाँटी रेटेर, शंकै शंकामा लंका जलायौ, साउदी कतरामा, बुवा मलाई जस्ता चर्चित र मन छुने खालका गीत गाएको साहनीले अहिले पनि गीत संगीतमा उत्तिकै सक्रिय छन् । भन्छन् आफ्नो सानैदेखिको रुचि र पढाईपनि संगीत क्षेत्रकै भएकाले यसबाट टाढा हुन सकिएन् । साहनीले पछिल्लो पुस्ताका नयाँ कलाकारहरुले दर्शक र श्रोताको मन जीत्ने लोभमा मौलिकतालाई भुलिसकेका छन् । त्यस्ता विकृतिजन्य गीतहरुलाई नियन्त्रण गर्नुपर्दछ । सकिन्छ मौलिक पना दिने सकिदैन त्यसैलाई बिगार्न नदिने मात्रै गर्न सकियो भने पनि नेपाली गीत संगीतप्रति आम दर्शक र श्रोताको सद्भाव र माया रहिरहने उनको बुझाई छ ।

रोल्पा, रुकुम, बागलुङका विभिन्न दुर्गम स्थानहरु, पर्वत, म्याग्दी, धादिङ्ग, बाजुरा, काठमाडौ, र तराईमधेशका केहि जिल्लामा हुने मेला महोत्सवमा आफुले राखेका प्रस्तुती सुनेर दर्शकहरुको आँखाबाट आँशु चुहाउने गरेको यथार्थ पनि उनिसँग छ । अहिलेका गीत संगित सिमित युवापुस्ताले मात्र मन पराउने खालका छन् उनले भने अब सवै वर्ग, क्षेत्र, लिंग र उमेर समुहका लागि गीतहरु गाउँनुपर्छ तब मात्र त्यस्ता गीतहरु कालजयी र लामो समयसम्म दर्शक र श्रोताले मन पराउँछन् ।

साहनीले उक्त गीतको छायांकन समेत गरिसकेका छन् । पोखराका विभिन्न ठाउँमा दशै र तिहारको झल्को दिने गरी छायांकन गरिसकिएको बताए । उनले भने अहिले युट्युवमा पनि गीत हेर्न र सुन्न सकिन्छ । छोटो समयमै दर्शक तथा श्रोताले आफ्नो गीतप्रति देखाएको सद्भाव र मायाले आफु सन्तुष्ट भएको उनले बताए । यस वर्षको वडादशै र तिहारको अवसरमा हुने मेला महोत्सवमा उनि व्यस्त हुने भएका छन् । धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी, कास्की, धादिङ्ग लगायतका ठाउँमा १० वटा कार्यक्रममा बुक भैसकेको उनले बताए ।

उनि गीत संगीत सँगै पछिल्लो समयमा शिक्षण पेशा र सामाजिक सेवामा क्रियाशिल रहेका छन् । उनि जापानी भाषाका उत्कृष्ट प्रशिक्षकको रुपमा पनि यो क्षेत्रमा क्रियाशिल रहेका छन् । गीतसंगीतकै कमाईले यस वाहेक उनि पश्चिम बागलुङका विभिन्न गाविसका विद्यालयको शैक्षिक विकास र विपन्न विद्यार्थीहरुको शिक्षाको सुनिश्चिततामा पनि क्रियाशिल रहेका छन् । उनले विभिन्न विद्यालयका विद्यार्थीलाई लाखौ रुपैया छात्रवृत्ति सहयोग गरेको पनि बताए ।