३० कार्तिक २०८३, सोमबार

प्रदेशको सीमा बिबाद टुङ्ग्याएर मात्रै संविधान संशोधन गरौँ : नेता सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-singhकाठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबैभन्दा पहिलो काम प्रदेशको सीमा बिवाद टुंगोमा पुगाउनु पर्ने बताउनु भएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाँले संविधान संशोधन गर्नुअघि प्रदेशको सीमा बिबाद राजनीतिक समझदारीमा टुङ्ग्याउनु पर्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘प्रदेशको सीमाङ्कनका विषयमा यथेष्ट छलफल हुनुपर्छ ।’

मुलुकमा बिकास र राजनीतिक स्थिरता चाहिरहेको बताउनुभएका कांग्रेस नेता सिंहले दहलहरूवीचको किचलोले संविधान कार्यान्वयनमा समस्या उत्पन्न हुने बताउनुभयो ।

नेता सिंहले दलगत स्वार्थमा मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै सहमति जुटाएर छिटोभन्दा छिटो संविधान संशोधन मार्फत जायज माग पूरा गरेर निर्वाचनमा जुट्नु पर्ने बतउनु भयो ।