कञ्चनपुर, ८ असोज । कञ्चनपुरको दक्षिणी क्षेत्रका ‘सडक कालोपत्रे र पुल’ निर्माण गर्न बजेट माग्दै व्यवस्थापिका संसद सदस्य दिवान सिह विष्ट शुक्रबार भौतिक तथा योजना मन्त्रालयमा पुगेका छन् ।
बालीनालीको हिसाबले उर्बरा भूमि भएपनि राज्यबाट उपेक्षित हुँदा विकास निर्माणले गति लिन नसकेको क्षेत्रमा सांसद विष्टले गाँउको विकासका लागि अथक प्रयास गरेका हुन् ।
विष्टले भौतिक योजना तथा पूर्वाधारमन्त्री रमेश लेखकलाई भेटेर दक्षिणी क्षेत्रको विकास निर्माणमा सरकार गम्भिर नभएको गुनासो पोख्दै उक्त क्षेत्रका कच्ची सडक कालोपत्रे र खोलानालाहरुमा पक्की पुल निमार्ण गरिदिनका लागि आवश्यक बजेट बिनियोजन गरिदिन माग गरेका छन् ।
विष्टले लिखित रुपमै सडक कालोपत्रे र पुल निर्माणका लागि माग गरेका हुन् । सभाषद विष्टले मन्त्री लेखकलाई भने –‘दक्षिणी क्षेत्रका जनताको घर जाने सडक कालोपत्रे र गाँउ जोड्ने पुल निर्माण गरिदेउ ।’
















प्रतिक्रिया