काठमाडौं, ८ असोज । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा विभिन्न कार्यक्रममा भाग लिन जापान प्रस्थान गर्नु भएको छ ।
शुक्रबार मध्यराति जापान प्रस्थान गर्नुभएका थापाले राप्रपा नेपालको भातृ संगठन प्रवासी नेपाली संगठन जापानको छैठौं अधिबेशनमा सहभागी हुनु हुनेछ ।
अध्यक्ष थापा नेपाल–जापान सम्बन्धको ६०औं वर्ष पूरा भएको उपलक्ष्यमा इवाते प्री फेक्चर इन्टरनेशनल एसोसिएसन जापान, नेपाल जापान नागरिक समाज र इवाते गभर्नर कार्यालयको संयुक्त आयोजनामा सम्पन्न हुने विशेष कार्यक्रममा सरिक हुनु हुनेछ ।
अध्यक्ष थापाको भ्रमण टोलीमा राजनीतिक सल्लाहकार एवं पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौला, केन्द्रीय सदस्य प्रेम श्रेष्ठ तथा प्रवास विभाग प्रमुख बिजय खड्का रहनु भएको सहप्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष थापा यही असोज १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।











प्रतिक्रिया