३० कार्तिक २०८३, सोमबार

०७ साल फागुन सात गते बनेको मन्त्रिपरिषदमा को–को मन्त्री बनेका थिए ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mohan-shamsherकाठमाडौं, ८ असोज । नेपाली कांग्रेसले सुरु गरेको ०७ सालको राणा शासनविरुद्धको आन्दोलनपछि गठन भएको मोहन शम्शेर जवरा नेतृत्वको पहिलो मन्त्रिपरिषद सरकार दश सदस्यीय रहेको विभिन्न दस्तावेजहरूमा उल्लेख छन् ।

‘नेपाली कांग्रेस महाधिवेशन विशेष २००७–२०७२’ विशेषमा राणा शासनविरुद्धको आन्दोलनपछि बनेको राणा, राजा र कांग्रेसको सहमतिमा बनेको पहिलो सरकारमा कांग्रेसका विश्वेश्वर प्रसाद कोइरालाले गृह मन्त्रालयको जिम्मेवारी पाएका थिए । गणेशमान सिंहले उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएको उल्लेख छ ।

विक्रम संवत २००७ साल फागुन सात गते जनताका छोरा राजनीतिक दलहरूको तर्फबाट मन्त्रिपरिषदमा समेटिएका थिए । त्यसअघि राणा र राजाले मात्रै आफ्ना निकटकालाई मन्त्री बनाउँथे ।

त्यस बेलाको मन्त्रिपरिषदमा श्री ३ महाराज मोहन शम्शेर जवरा प्राइमिनिस्टर र परराष्ट्र मन्त्री, बबर शम्शेर जवरा रक्षा मन्त्री, विश्वेश्वर प्रसाद कोइराला गृह, सुवर्ण शम्शेर जवरा अर्थ, चुडाराज शम्शेर जवरा विन विभाग, गणेशमान सिंह उद्योग वाणिज्य, नृपजंग राणा शिक्षा, भद्रकाली मिश्र यातायात, यज्ञबहादुर बस्न्यात स्वास्थ्य र स्थानीय स्वायत्त शासन तथा भरतमणि शर्मा खाद्य र कृषि मन्त्री बनेको ‘नेपाली कांग्रेस महाधिवेशन विशेष’ कितावमा उल्लेख छ ।