३० कार्तिक २०८३, सोमबार

तरुण दलमा कसको कति ‘दम’ ? कमजोर भएपछि खाँणले रचे यस्तो षड्यन्त्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tarun-dalकाठमाडौं, ७ असोज । नेपाली कांग्रेसको मेरुदण्ड मानिने नेपाल तरुण दलको महाधिवेशन पुनः सरेलगत्तै तरुण नेताहरू अध्यक्षसहितका पदका लागि आकंक्षा देखाउँदै प्रचार प्रसारमा लागेका छन् ।

तरुण दलको महाविधेशन अहिले पनि हुने हो वा होइन निश्चित छैन । तरुण दल महाधिवेशन निर्देशक समितिका संयोजक एवम् रक्षामन्त्री बालकृष्ण खाँण भने अहिलेकै कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई पनि उम्मेदवारीका लागि बाटो खुलाएर आफ्नो पोल्टामा परिणाम ल्याउने पक्षमा देखिएका छन् । सोही रणनीतिअनुसार खाँणले पुनः महाधिवेशन रोकेका सारेको आरोप छ ।

कांग्रेसको पूर्व निर्णयअनुसार तरुण दलको अहिलेको तदर्थ समितिका कुनै पनि पदाधिकारी र सदस्यहरूले उम्मेदवारी दिन पाउने छैनन् ।

त्यो निर्णयलाई खुलाएर संयोजक खाँणले जन्मजय तिमल्सिनालाई अध्यक्षको उम्मेदवार बनाउने पक्षमा छन् । तर उनको यो योजनालाई कांग्रेसकै केन्द्रीय नेताहरूले पूरा हुन दिने छैनन् ।

कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको पालामा केन्द्रीय समितिले हाल रहेका कुनै पनि भातृसंस्थाका पदाधिकारी र सदस्यहरूले चुनवा लड्न नपाउने भनेर निर्णय नै भएको थियो । सोही निर्णयले खाँणको योजनालाई ठूलो धक्का पुगेको हो ।

अहिलेकै अवस्थामा तरुण दलको महाविधेशन भएमा संस्थापन समूह पराजित हुने पक्का छ । नेविसंघ र महिला संघमा जस्तै पटक पटक महाधिवेशन सारेर षड्यन्त्रमार्फत सभापति शेरबहादुर देउवा समूहले तरुण दल हत्याउन खोजेपछि कांग्रेसभित्र त्यसको विरोध सुरु भएको छ ।

संस्थान पक्षका प्रभावशाली नेता खुबहादुर खड्का, केन्द्रीय सदस्य पूर्णबहादुर खण्ड्का, ए.पी. साउद, चन्द्र भण्डारी, मोहन बस्नेत, किशोर सिंह राठौर, वीरबहादुर बलायर, प्रकाशशरण महतलगायतका नेताहरूका साथ वरिष्ठ नेता रामचन्द्र पौडेल समूह अहिलेको कार्यसमितिका पदाधिकार र सदस्यहरूलाई उम्मेदवारी खुलाउने पक्षमा छैनन् ।

 

मीनकृष्ण महर्जन
मीनकृष्ण महर्जन

हुन त तरुण दलमा पनि कमजोर मानिएको रामचन्द्र पौडेल समूह महाधिवेशनलाई विथोल्ने पक्षमा छ । पौडेल समूह तरुण दललाई भागबण्डाका आधारमा टुङ्गो लगाउन क्रियाशील रहेको स्रोतको भनाइ छ ।

यता, खुमबहादुर खड्का समूह तरुण दलमा अहिले निकै बिलयो भएको दाबी सो समूहले गरिरहेको छ । तरुण दलमा बलियो भएको दाबीसहित खड्का समूहले अध्यक्ष पदमा ललितपुर कांग्रेसका युवा नेता नेता मीनकृष्ण महर्जनलाई अगाडि बढाएको छ ।

स्रोतका अनुसार नेता खड्का र वनमन्त्री शंकर भण्डारीले महर्जनलाई अध्यक्ष पदमा उम्मेदवार बनाएको जानकारी सभापति देउवालाई गराई सकेको छ ।
यता, कृष्णप्रसाद सिटौला समूह पनि तरुण दलमा आफ्नो छुट्टै उम्मेदवार खडा गर्ने पक्षमा देखिएको छ ।

तरुण दलको अध्यक्षका लागि मैदानमा अहिले मीनकृष्ण महर्जनका साथै कर्ण मल्ल, दामोदर कोइराला, सिद्धार्थ कोइराला र पूर्ण गुरुङसहितका नेताहरू देखिएका छन् । उनीहरू सबैले जित्ने दाबी गरेर प्रचार प्रसारलाई तीब्रता दिएका छन् ।