३० कार्तिक २०८३, सोमबार

सर्वाेच्च अदालत पुग्यो लोकमानको फाइल, रातारात कहाँ भेटियो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokman Singh Karki

काठमाडौं, ७ असोज । सर्वोच्च अदालतले माग्दा भूकम्पमा परेर हराएको भनिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की नियुक्त गर्दाको फाइल भेटिएको छ ।

लोकमानको नियुक्तताको फाइल खोज्दा नभेटिएको तथा भूकम्पमा परेर हराएको भनेर जवाफ दिएको मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार फाइल पाएर सर्वोच्चमा पठाइसकेको बताएकोे छ ।

अख्तियार प्रमुख लोकमानसिंहको नियुक्ति गर्दाको फाइल मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त भएको सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले बताए ।

अघिल्लो शुक्रबार प्रधानन्यायाधीश सुशीला कार्की सहितको इजलासले लोकामान नियुक्ति विरुद्धको रिट खारेज गर्ने आफ्नै फैसला पुनरावलोकन गर्ने निर्णय गरेको हो ।

अब सर्वोच्चचमा लोकमानको नियुक्ति संवैधानिक थियो कि थिएन भन्ने विषयमा बहस हुनेछ र बहसपछि अन्तिम फैसला हुनेछ ।