१ कार्तिक २०८३, आइतबार

पाकिस्तानी कलाकारले भारत नछोडे पिटीपिटी भगाउने भारतीयको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistani-singer-820-1

मुम्बई । महाराष्ट्र नवनिर्माण सेना (एमएसएन) ले पाकिस्तानी कलाकारले ४८ घण्टा भित्र भारत नछोडे पिटिपिटि भगाउने धम्की दिएको छ ।

उरी आक्रमणपछि आक्रामक भएको एमएनएसका नेता अमेय कोपकरले यस विषयमा जानकारी दिदैँ भनेका छन्- ‘हामी पाकिस्तानी कलाकारलाई भारत छोड्न ४८ घण्टाको समय दिन्छौं यदि उनीहरुले मानेन् भने कार्यकर्ताहरुले सुटिङ गरिरहेकै आवस्थामा पिट्ने छन् ।’

यस्तै शिवसेनाका प्रवक्ता संजय राउतले पनि पाकिस्तानलाई कसैले पनि खुल्ला रुपमा समर्थन नगर्ने सञ्चार माध्यमहरुले जनाएका छन् ।