३० आश्विन २०८३, शुक्रबार

तीज गीतमा गर्भवती र सुत्केरी महिलाले अपनाउनु पर्ने सावधानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

teejरसुवा (कालिकास्थान), १४ भदौ । महिलाहरूको महान वर्प हरितालिका तीजको अवसरमा रसुवाका महिलाहरूले लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरेका छन् ।

तीजकै अवसरमा जिल्लाको दक्षिणी क्षेत्रको कालिकास्थान,लहरेपौवा, बेत्रावती लगायतका गाउँमा लोकदोहोरी गीत प्रतियोगितासँगै विविध कार्यक्रम भए ।

‘स्वास्थ्य पोषण तथा सरसफाई’  विषयमा भएको लोक दोहोरी प्रतियोगितामा ‘स्वच्छ समाज स्वच्छ छ गाउँघर, अझै स्वच्छ बनाउन के भो र, तिम्रो हाम्रो एउछै छ विचार’ जस्ता लोकभाकाका गीतहरु प्रस्तुत भएका थिए ।

कार्यक्रममा धैबुङ्ग गाविस –५ का गंगा ढकाल र लक्ष्मी न्यौपानेले गीत गाएर कार्यक्रमलाई अझ रोकता थपेकाथिए ।
स्वास्थ्य, सरसफाई र पोषणयुक्त खाना मात्र गर्भवती र सुत्केरी अवस्थामा अपनाउनु पर्ने सावधानी र थप आहारका बारेमा पनि गीतका माध्यमबाट सचेत पार्न उद्घोष गरिएको थियो ।

कालिका महिला बचत तथा ऋण सहकारी संस्था र कालिकामाई धार्मिक वन उपभोक्ता समितिको आयोजना तथा सुआहारा र नेपाल कृषि वन प्रतिष्ठानको सहयोगमा आयोजित कार्यक्रममा सहभागी टीमहरू मध्येबाट गंगा ढकाल र लक्ष्मी न्यौपानेको टीम उत्कृष्ट भएको थियो ।

सावित्री न्यौपाने, भवानी न्यौपाने, सुरक्षा पौडेल, कल्पना न्यौपाने, अप्सरा भट्टलाई सुआहारा कार्यक्रम जिल्ला संयोजक मनोज मिश्रले पुरस्कार बितरण गर्नुभएको थियो ।

कार्यक्रममा वातावरण, सरसफाई, स्वास्थ्य तथा पोषण बारे गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सुआहारा कार्यक्रम नुवाकोटका संयोजक श्रीकृष्ण पौडेल, स्थानीय शिक्षक, कर्मचारी, ब्यापारी, पत्रकार सहभागि थिए । कार्यक्रममा स्थानीय कलाकारहरूले गीत, नृत्य र ब्याङ्ग प्रस्तुत गरेका थिए भने सुआहाराले चेतना मुलक पोष्टर प्रदशर्नी तथा वितरण गरेको थियो ।