पर्वत । नेपाली लोक संस्कृतिमा हृदयस्पर्शी शब्दहरुलाई समेटेर गीत गाउने गायकको रुपमा परिचित गायक याम क्षेत्री आसन्न राष्ट्रिय लोक दोहारी गीत प्रतिष्ठानको केन्द्र्रिय सदस्यमा उठने भएका छन् ।
पर्वत गृह जिल्ला रहेका गायक डेढ दशक देखि लोक गायन क्षेत्रमा सक्रिय छन । आसन्न प्रतिष्ठानको महाधिवेशनमा केन्द्रिय सदस्यमा उमेदवार दिएका क्षेत्रीले ‘गायकको सितल दिने पिपल स्वामी छ’ बोलको गीत निकै चर्चित छ ।
पाँच दर्जन भन्दा बढि गीतहरुमा स्वर दिएका गायकले गाएका गीतहरु मध्ये ‘फुल राम्रो गुलाबको काँडा भएनी’, ‘घामले नि पोल्दीयो’ ‘चोखो माया मर्देन कहिल्यै नी’ लगाएतका गीतहरु निकै चर्चित छन । देशका कुना काप्चामा लोक गीतका कार्यक्रमहरुमा पुग्ने सरल, मिलनसार र लोक गायनलाई माया गर्ने भएका कारण आफूले केन्द्रिय सदस्यमा अत्याधिक मतले जित हासिल गर्ने क्षेत्रीले दाबी गरे ।
प्रतिष्ठानको आगामी नेतृत्वका लागि लोक गायक बद्री पंगेनी टिकाराम चापागाई र विष्णु खत्रीले उमेदारी सार्वजनिक गरेका छन ।
आगामी असोज ८, ९, १० गते देखि काठमाण्डौंमा हुने छैटौै राष्ट्रिय महाधिवेशनका लागि वर्तमान कार्य समितिका बरिष्ठ उपाध्यक्ष पंगेनी, प्रथम उपाध्यक्ष चापागाई र पुर्व पराजीत अध्यक्ष खत्रीले उम्मेदवारी घोषणा गरेका हुन ।















प्रतिक्रिया