१ कार्तिक २०८३, आइतबार

लोकदोहोरी प्रतिष्ठानको सचिव पदमा निर्देशक बिसीको उम्मेद्वारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shankar-bc– अनिल खत्री

गुल्मी । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको आगामी नेतृत्वका लागि बिभिन्न कलाकर्मीहरुले आफनो उम्मेद्वारी घोषण गरेका छन् ।

यहि असोज ८, ९, १० गते काठमाडौंमा हुने छंैटौै राष्ट्रिय महाधिवेशनमा सचिव पदमा लोक दोहोरी क्षेत्रका हिरो चर्चित मोडल एबं नृत्य निर्देशक शंकर बिसीले उम्मेदवारी दिने भएका छन् ।

बिगत लामो समय देखि लोक दोहोरी क्षेत्रमा आफना प्रस्तुहिरु राख्दै आएका मोडल बिसीले आफनो सचिव जित्ने बताएका छन् । तीन वर्षे कार्यकालका लागि हुने महाधिवेशनमा करिव २० वर्ष देखि नृत्य निर्देशक देखि मोडलिङ्ग र गायन क्षेत्रमा समेत प्रबेश गरेका बिसीले यो महाधिवेशनमा आफुलाई अत्यधिकमत साथ सचिव पदमा जित्ने बताए ।

पछिल्लो समय यता लोक संगित क्षेत्रमा आएको बिकृतिलाई हटाउँदै संगित क्षेत्रलाई सबै क्षेत्रबाट सहयोग सदभाव सगै मर्यादित क्षेत्र बनाउनुमा आफनो मुख्य भुमिका रहने मोडल बिसीको प्रतिबद्धता रहेको छ ।

मोडल बिसी ५ औं अबिधेशनमा केन्द्रिय सदस्यमा निर्बाचित भएका थिए । प्रतिष्ठानको महाधिवेशनका लागि ६१ जिल्लाबाट २ हजारभन्दा बढी कलाकारहरु प्रनितिधिरुपमा सहभागी हुने प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताए ।