१ कार्तिक २०८३, आइतबार

पुनर्निर्माणमा जुट्न आग्रह गर्दै बन्यो यस्तो गीत (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

utha-jaga

काठमाडौं । पुनर्निर्माणमा जुट्न युवाहरुलाई जागरुक गर्ने नयाँ गीत सार्वजनिक भएको छ ।

यो प्रण पछि डा. भीष्म कुमार भूसालको शब्दमा अब उठ जाग बोलको गीत सार्वजनिक भएको हो । भ्रष्टाचार बिरुद्धका अभियन्ता र भूकम्प पश्चातको पुनर्निर्माणमा दिलोज्यानले अहोरात्र खटिएका डा. भूसालबाट ३ महिनाको अवधिमा ३ वटा गीत सार्वजनिक भएका छन् ।

भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्दै वाचा र पुनर्निर्माणका समर्पित हुन आव्हान गर्दै यो प्रण बोलको गीत सार्वजनिक गरेका डा. भूसालको यो गीतले पुनर्निर्माणका लागि सबैको सहभागिता र जागरणमा जोड दिएको छ ।

पुनर्निर्माणका लागि युवा पुस्ताहरु नै उठ्नु पर्ने सन्देश बोकेको यस गीतमा पुनर्निर्माणका लागि युवाहरु जुटेमा भूकम्पले भत्काएका संरचना बनाउन समय नलाग्ने गीतको भाव छ । राष्ट्रिय भावना बोकेको यस गीतमा बसन्त सापकोटा संगीत छ भने रामकृष्ण ढकाल र स्मीता दाहालको स्वर रहेको छ ।

वल्र्ड भिजन इन्टरनेश्नल नेपालको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेको यो गीतलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । सुदीप बरालको छायाँकन, अमन मानन्धरको सम्पादन रहेको गीतको भिडियो यस्तो छ ।

https://www.youtube.com/watch?v=IF83d7iwHbA