१९ कार्तिक २०८३, बिहिबार

रेडियो धादिङको भवन भत्काइयो, एमालेबाट विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

radio-dhading

धादिङ, ७ असोज । नीलकण्ठ नगरपालिका–८ स्थित अमरावती सामुदायिक वनभित्र रहेको रेडियो धादिङ १०६ मेगाहर्जको भवन र सँगै रहेको महिला सुरक्षा भवन आज बिहान उज्यालो नहुँदै जिल्ला वन कार्यालय, धादिङले भत्काइदिएको छ ।

गत साउन ३० गते दिउँसो उक्त भवन भत्काउन खोज्दा स्थानीयवासीले विरोध गरेका कारण भत्काउन नसकेकोमा आज बिहान ४ बजे नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सशस्त्र बल रक्षकको सहयोगमा डोजर लगाएर दुवै भवन भत्काइएको हो ।

रातिको समयमा डोजर लगाएर भवन भत्काउँदा रेडियो धादिङ र महिला सुरक्षा भवनको कुनै सामान झिक्न पाएनन, रेडियो धादिङको सञ्चालन ग्रामीण सञ्चार सहकारी संस्थाले गर्दै आएको छ ।

एमालेबाट विरोध

नेकपा (एमाले) ले रेडियो धादिङ एफएम १०६ मेघाहर्जको कार्यालयमा गएराति सुरक्षाकर्मीबाट आक्रमण भएकोमा आपत्ति जनाएको छ ।

स्थानीय समुदाय र अमरावती सामुदायिक वन उपभोक्ता समूहको सहमतिमा निलकण्ठ नगरपालिका– ८ साँगुटारमा बनाइएको उक्त सामुदायिक रेडियोको कार्यालयमा मध्यरातमा आक्रमण गर्नुले सरकारी निकायको गैर जिम्मेवारी र स्थानीय प्रशासनको पूर्वाग्रह झल्किएको तथा यसले कानुनी राज्यको समेत खिल्ली उडाइएको एमालेले जनाएको छ । रासस