काठमाडौं ७ असोज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्न लागेका छन् ।
उनी शुक्रबार बिहानै मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्न गाडी बाट नै मेलम्चीतिर लागेका हुन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार उनका साथमा खटिएको टोलीले मेलम्ची आयोजनाको काम के कति भयो र के के समस्या छन् भन्नेबारे अनुगमन गर्ने छ ।
प्रधानमन्त्रीले स्थलमार्गबाटै मेलम्ची आयोजनाको निरीक्षण गर्ने खबर पाएपछि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले सुरक्षाको प्रबन्ध मिलाउन लागेका छन् ।












प्रतिक्रिया