२ कार्तिक २०८३, सोमबार

गन्तव्य सुदूरपश्चिमबारे देहरादूनमा चर्चा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dehardun-tourism-3

देहरादून, ७ असोज । नेपालका पर्यटन व्यवसायीले भारतको उत्तराखण्डसंग नेपालको सुदूरपश्चिम क्षेत्रको पर्यटनलाई जोड्न आग्रह गरेका छन ।

विहीवार साँझ उत्तराखण्डको राजधानीमा नेपाल र भारतका पर्यटन व्यवसायीवीच भएको छलफलमा नेपालका पर्यटन व्यवसायीले उत्तराखण्डको पर्यटकीय प्याकेजसंग पश्चिम नेपाललाई जोड्दा दुवै क्षेत्रका पर्यटकीय क्षेत्रबाट पर्यटकहरुले मनग्गे आनन्द लिने चर्चा गरे । सुदूरपश्चिम नेपालमा धेरै राम्रा पर्यटकीय क्षेत्र छन धेरै जस्तो अहिलेसम्म भर्जिन पनि छन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा) सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले भने पर्यटकीय क्षेत्रको अवस्था वुझ्न पहिले तपाई व्यवसायीहरुले पहिले सुदूरपश्चिम नेपाल आउन जरुरी छ ।

नेपालको पर्यटन वजारका लागि भारतको ठूलो सहयोग आवश्यक छ नेपाल पर्यटन वोर्डका वरिष्ठ अधिकृत रोहिणीप्रसाद खनालले भने नेपालको पर्यटन पवद्र्धन गर्दा भारतका व्यवसायी र जनता आर्थिकरुपमा पनि लाभान्वित हुनेछन ।

कार्यक्रममा वोल्दै पर्यटन विकास समाज धनगढीका अध्यक्ष कृष्णवहादुर महराले देहरादून नैनिताल लगायतका पर्यटकलाई अरु नाकाको तुलनामा वनवासा वा गौरीफन्टावाट सहज,सस्तो र सुरक्षित हुने दावी गरे ।
दून ट्राभल्स आनर एशोसियसनका प्रधान जगदस्श वालियाले आफूहरुले पश्चिम नेपाल मात्र होइन मानासरोवर र पशुपति नाथ जान वनवासा वा गौरिफन्टा नाका सस्तो र छोटो हुने थाहा पायौ अव पर्यटकहरुलाई त्यो रुटवाट जान आग्रह गर्ने वताए ।

कार्यक्रममा नेपाल पर्यटन वोर्ड, नाटा लगायतले निर्माण गरेका पर्यटकीय क्षेत्रका वृतचित्र पनि देखाइएको थियो । आफूहरुले काठमाडौ,पोखरा वारे सुनेका थियौ तर शुक्लाफाटा, वर्दिया राष्ट्रिय निकुञ्ज, रारा ताल, वडी मालिका, खप्तड, कर्णालीपुल दोदोरा चाँदनीको झोलङ्गे पुल वारे थाहा पाएका थिएनौ २० वर्षदेखि पर्यटन व्यवसायमा लागेका प्रविण चावलले भने अव त्यतातर्फ पर्यटकलाई डोर्याउने प्रयास गर्नेछौ । उनले मानासरोवरको छोटो र सस्तो रुट वारे पनि पर्यटकहरुलाई जानकारी गराउने वताए ।

सो अवसरमा पत्रकार चित्राङ थापा, कैलाली उद्योग वाणिज्य संघका कार्यालय प्रमुख ज्योती भट्टले सुन्दरपश्चिम गन्तव्य वारे चर्चा गरेका थिए । नेपाल पर्यटन वोर्ड र कैलाली कञ्चनपुरका पर्यटन व्यवसायीले पर्यटन पर्वद्धन गर्न वुधवारदेखि नैनीताल, रुद्रपुर र देहरादूनका पर्यटन व्यवसायीसंग छलफल अन्तरक्रिया गरिरहेका छन ।

dehardun-tourism-4  dehardun-tourism-1 dehardun-tourism