२ कार्तिक २०८३, सोमबार

एनसेल मेलामा रमायो धरान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

img_9532काठमाडौं, ७ असोज । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले बिहीबार धरानको पब्लिक हाईस्कुल मैदानमा भव्य एनसेल मेलाको आयोजनागरेको छ ।

रि—ब्राण्डिङ्ग पश्चात नजिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको यस मेलामा सबै उमेर समुहका दर्शकहरुले भरपुर मनोरन्जन लिएको थिए ।

एनसेल मेला नारायणगढ, पोखरा, बुटवल हुँदै बिहीबार धरान पुगेको थियो । बिहान ११ बजेबाट शुरु भएको मेलामा दिउँसो २ बजेपछि सांगीतिक प्रस्तुतीहरुसँगै रमझम र रौनक बढेको थियो ।

आगन्तुकहरुले एकदमै उत्साहजनक सहभागिता जनाएको यस मेलामा चर्चित कलाकार तथा सांगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, कमेडी, जादु, किडस् जोन र फुड स्टलहरु विषेश आर्कषण रहेका थिए ।

चर्चित कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, डिजे रुपेश र सांगीतिक समुह एक्स व्याण्डको प्रस्तुतीहरुले दर्शकहरुलाई गीत संगीतमा झुम्दै नाच्न प्ररित गरेका थियो भने हाँस्य कलाकार सन्दिप क्षेत्रीको प्रस्तुतीले दर्शकहरुलाई आफ्नो हाँस्यव्यङ्ग्यबाट मनोरञ्जन प्रदान गरेका थिए ।

त्यसैगरी कार्टुन्जक्रु र युभिएन्जल्स्को साँझको विषेश प्रस्तुतीे दर्शकहरुले मन पराएका थिए ।

नारायणगढ, पोखरा, बुटवल र धरानपश्चात अब एनसेल मेलाअसोज ८ माबिर्तामोड पुगेर आयोजनापश्चात समापनहुनेछ ।