२९ कार्तिक २०८३, आइतबार

जापान पुगेर बाबुरामले भने- म भोट माग्न आएको होईन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-japan-1

टोकियो, ६ असोज । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालमा अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली आवश्यक भएको बताएका छन् ।

नयाँ शक्ति पार्टीको प्रवासी संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानले आइतबार टोकियोमा आयोजना गरेको ‘नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीहरूको भूमिका तथा आवश्यकता’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्यायवाद, समृद्धवाद र सत्यबाद बाहेकका अन्य वादले नेपालको विकास हुन नसक्ने बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणालीले राजनीतिक स्थिरता कÞायम गरी समृद्ध राष्ट्र बनाउन सकिने भन्दै उनले हिजोका बादहरु मार्क्सवाद, लेनिनवाद र माओवाद आफ्ना ठाउमा ठिक भएपनि आजको नेपालको आवश्यकता अनुरूप परिमार्जन गरेर देश सुहाउदो नीति तय गरी आर्थिक विकासको पक्षमा जोड दिनुपर्ने बताए ।

baburam-japan

कार्यक्रममा नेता भट्टराईले जापानबासी नेपालीहरु माँझ भोट माग्न जापान नआएको दाबी गरे । ‘म जापानबासी नेपालीलाई बहकाएर भोट माग्न आएको होइन् । जापानको विकासको मोडेलबारे जानकारी लिन आएको हुँ’, उनले भने ।

कोरियामा भएको कार्यक्रमलाई सम्बोधन गरेर जापान आइपुगेका भट्टराईले जापान र कोरिया विश्वकै उत्कृष्ट विकास मोडेल भएका राष्ट्र भएको र नेपाललाई पनि त्यस्तै बनाउने सपना रहेको बताए ।

कार्यक्रममा स्थिर सरकार बिना मुलूकको विकास हुन नसक्ने भन्दै भट्टराईले प्रत्यक्ष निर्बाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने कुरालाई बढी जोड दिएका थिए ।

मुलुकको सबैभन्दा माथिल्लो कार्यकारी पदमा पुगिसकेकाले पदको लोभ नभएको भन्दै आर्थिक विकास नै आफ्नो प्रमुख एजेण्डा भएको उनले बताए ।