काठमाडौं, ६ असोज । मुलुकको पछिल्लो अवस्था, दसैँ तिहारका लागि आपूर्ति व्यवस्था एवम् भूकम्प प्रभावित जिल्लाहरूको पुनर्निमाणलगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अपरान्ह बस्ने मन्त्रिपरिषद बैठकमा समग्र विषय छलफल हुनेछ ।
स्रोतका अनुसार बैठकमा भूकम्प प्रभावित जिल्लाका पीडितलाई दसैँ अगाडि राहत सहज रुपमा उपलब्ध गराउने विषयमा पनि छलफल हुनेछ ।
भूकम्प प्राधिकरणले सन्तोषजनक रुपमा काम गर्न नसकेको भन्दै आलोचना बढिरहेका बेला मन्त्रिपरिषदको बैठक बस्न लागेको छ ।
यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्राधिकरणका सचिवसँग परामर्श पनि गरिसकेका छन् ।











प्रतिक्रिया