१ कार्तिक २०८३, आइतबार

क्याटवाकमा देखिए गजित र मरिस्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

catwalk-gajit

काठमाडौं । नायक गजित बिष्ट, चलचित्र चपली हाइटकी अभिनेत्री मरिस्का पोखरेल बिस्वकै कान्छा निर्देशक सौगात बिष्टलगायतका कलाकारले फिटनेश र्याप्पमा क्याटवाक गरेका छन् ।

‘जुम्वाण्डु फिटनेश क्लब’ले राजधानीमा सोमबार साँझ आयोजना गरेको कार्यक्रम ‘जुम्बा एण्ड डिजे डान्स पार्टी २०१६’ उनिहरुले र्याम्प वाक गरेका हुन् । र्याम्प वाकका क्रममा उनिहरु बिभिन्न फिटनेश प्रशिक्षण समेत लिएका छन् ।

जुम्वाण्डु फिटनेश क्लब भिमसेन गोलाले आफ्नो प्रथम बार्षिक उत्सवको अवसर पारेर आयोजना गरेको कार्यक्रममा यी कलाकारका जुम्बा प्रशिक्षक र युवा युवतीले पनि र्यम्प शो गरे । र्यम्पमा स्वाथ्य रहन आवश्यक बिभिन्न फिटनश कला समेत प्रस्तुत गरिएको थियो ।

स्वास्थ्यका लागि जुम्मा फिटनेशको महत्व बुझाउने उद्देश्यले नेपालमै पहिलो पटक फिटनेश र्याप्प आयोजना गरिएको क्लब प्रबन्धक अर्जुन रखाल मगरले बताए ।

बैज्ञानिक तवरले रेगुलर एक्सरसाइज गरे अस्पताल र औसधि बिना पनि स्वस्थ्य रहन सकिन्छ भन्ने सन्देश कार्यक्रम मार्फत दिन खोजेको उनले बताए ।

आनन्द इभेन्ट भिमसेन गोलामा भब्यपार्टी सहित आयोजित कार्यक्रममाम डान्स पार्टी, वेइलकम डिक्स, बफेट डिनरलगायतका प्याकेजका कार्यक्रम समेत राखिएका थिए ।