३० आश्विन २०८३, शुक्रबार

सिरियामा नेपाली शान्ति सैनिक सुरक्षित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Army

काठमाडौं, १३ भदौ । सिरियास्थित संयुक्त राष्ट्रसङ्घको मिसनमा कार्यरत सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेको बताइएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार, मिसनमा १५५ जना नेपाली शान्ति सैनिक कार्यरत छन् । सिरियाली विद्रोही समूहले बिहीबार मिसनअन्तर्गत गोल्डेन व्हाइटको दक्षिणी इलाकामा पर्ने अल क्वयन्ट्रामा असहज स्थिति सिर्जना गरेको र नेपाली शान्ति सैनिक उक्त स्थानबाट करिब ८० किमी उत्तरी भू–भागमा तैनाथ रहेको निर्देशनालयले जनाएको छ । रासस