२९ कार्तिक २०८३, आइतबार

प्रचण्ड सरकारविरुद्ध एक्शन लिने ओलीको घोषणा, पुरै पार्टी परिचालन हुने

26.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-meeting-1

काठमाडौं, ५ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि पार्टी सम्पूर्ण रुपमा परिचालित हुने बताउनुभएको छ ।

एमाले केन्द्रीय कमिटीको सातौं बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार निर्वाचन नगरी संविधान कार्यान्वयन हुन सक्दैन भन्ने बुझेरै यसमा आलटाल गर्ने कोशिस गरिरहेको भन्दैं त्यसका विरुद्ध एमाले परिचालित हुने बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘वर्तमान सरकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण तीन वटा तहका निर्वाचन नगर्ने षडयन्त्र गरिरहेको छ । त्यसका विरुद्ध एमाले डटेर लाग्छ । संविधान कार्यान्वयन गराएरै छाड्छ ।’

बैठकमा अध्यक्ष ओलीले पार्टीको एकताबद्ध प्रयास र नेतृत्वका कारण मुलुकमा संविधान जारी भएकाले त्यसको कार्यान्वयनमा पार्टी सम्पूर्ण रुपमा परिचालित हुने भन्दै ‘निर्वाचन नगरी संविधान कार्यान्वयन हुन सक्दैन भन्ने बुझेरै यसमा आलटाल गर्ने कोशिस गरिएको छ । त्यसका विरुद्धमा पार्टी दृढतापूर्वक उभिन्छ । राष्ट्र, राष्ट्रियता र अग्रगमनलाई कमजोर बनाउने गरी आउने कुनै पनि प्रस्ताव पार्टीका लागि सह्य छैन,’ भन्नुभयो ।

uml-meeting

उहाँले अगाडि भन्नुभयो– ‘हाम्रो पार्टी सिमलको भुवा होइन, लामो इतिहास भएको, सिद्धान्त र विचारमा आधारित पार्टी भएका कारण सुविचारित निर्णय गर्दछ । राष्ट्रवादका पक्षमा उभिएको र कसैका सामु नझुकेको कारण हाम्रो सरकार ढालिएको हो । तर, प्रतिपक्षी भूमिकामा रहँदा समेत राष्ट्रप्रतिको हाम्रो भूमिकामा कुनै फरक पर्नेछैन । एकताबद्ध रुपमा पार्टीले सबै संकटहरुको सामना गर्नेछ र मुुलुकको अगुवाइ गर्नेछ ।’

बैठकमा अध्यक्ष ओलीले विकसित परिस्थति र आगामी कार्ययोजनासहितको ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस पनि गर्नुभएको छ ।

केन्द्रीय कमिटीको अर्को बैठक भोलि दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने प्रचार विभागले जनाएको छ ।