२ कार्तिक २०८३, सोमबार

चार घण्टामै खोसियो रुक्मिणीको सभासद् पद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress

काठमाडौं, १३ भदौ । मन्त्रिपरिषद्बाट सभासद् मनोनित गरिएकी रुक्मिणी कोइरालाको सभासद् पद चार घण्टामै खोसिएको छ ।

मन्त्रिपरिषद बैठकपछि सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले कोइरालासहित १८ जना सभासद मनोनित भएको जानकारी दिएका थिए। तर, कांग्रेस कोटामा सभासद सिफारिस भएकी उनको नाम मन्त्रिपरिषद् बैठक बसेको चार घण्टा नबित्दै काटिएको छ ।

यसअघि कांग्रेसको समानुपातिक सूचीमा परेका कारण उनको नाम हटाइएको बताइएको छ । सर्वोच्च अदालतले गएको वैशाख २९ गते चुनाव हारेका वा समानुपातिक सूचीमा परेकालाई सभासद् मनोनित नगर्न आदेश दिएको थियो।

सर्वोच्चको आदेश उल्लंघन हुने भएपछि सरकारले एकाएक निर्णय सच्चाएको हो । मोरङ निवासी ५८ वर्षीय उनी कोइराला परिवारकी सदस्य हुन् ।

आफ्नो नाम हटाइएकोमा पनि उनले आश्चर्य व्यक्त गरिन् । आफूलाई पार्टी उपसभापति रामचन्द्र पौडेलले समेत फोन गरेर बधाइ छ सभासद हुनुभयो भन्दै बधाई दिएको जानकारी दिँदै उनले नाम हटाउनुको कारण बारे बुझ्न बाँकी रहेको बताइन् ।

यता, काँग्रेस सभापति सुशील कोइरालाले पदाधिकारीहरुबीच छलफल नै नगरी सभासद् चयन गरेको भन्दै पार्टीमा असन्तुष्टि बढेको छ । सभासद् कोइरालाले वरिष्ठ नेता देउवासँग भागबण्डाको आधारमा सभासद् चयन गरेको भन्दै सहमहामन्त्री पूर्णबहाादुर खड्का लगायतले असन्तुष्टि व्यक्त गरेका छन् ।