वाशिंगटन डिसी । नेपालका केही जिल्लामा अझ पनि तुईन नदी तर्ने मुख्य साधन मानिन्छ ।
अधिकांश बटुवा तथा बालबालिकाहरु यसका कारण ज्यादै जोखिम पूर्ण यात्रा गरि रहेका छन् । कैयौ दुर्घटनाको शिकार भै ज्यान समेत गुमाएका छन् ।
प्रतक्ष्य रुपमा आफैले तुईनको अवस्था देखे पछि यसबारे केही गर्नु पर्छ भन्ने अठोट लिदै तुईन चलचित्र बनाएको तुईन चलचित्र कि निर्मात्री श्रीजना उप्रेती बताइन ।
यस बाट बिश्व भर रहेका गैर आवासीय नेपाली समुदाय तथा बिश्वलाई एक सशक्त संदेश दिन सकोस भन्ने हेतुले यो चलचित्र बनाउन जागर लागेको उनले बताइन ।
‘चलचित्र बनाउनु मेरो पेशा हैन । प्रथम पटक मैले लगानी गरेको छु’, उनले भनिन, ‘पेशा नभएकोले यो मेरो मनोभाव (प्यासन) हो । तुईन चलचित्र कमाउने ध्येयले बनाएको हैन, म यसको आर्जनले नेपालमा आश्रय बनाउँछु ।’
समाजलाई केही गरौ भन्ने आफूमा रहेकोले समाज सेवामा लागेको उनले स्पष्ट पारिन ।
समाज सेवामा रमाउने उप्रेती हाल अमेरिकाको डिसी महानगर क्षेत्रमा रहदै आएकी छिन् ।
नेपालमा अध्यापन पेशामा रहेकी उप्रेती सामाजिक कार्यकर्ता तथा विभिन्न संघ संस्थामा सक्रिय भूमिका निर्वाह गरीसकेकी छिन् ।
यस चलचित्रका निर्देशक उत्सव थपलिया,अन्जना बस्नेत तथा सम्पूर्ण तुईन टोलीलाई उनले धन्यवाद दिएकी छिन् ।
















प्रतिक्रिया