काठमाडौँ, १३ भदौ । नेकपा –एमाले)का अध्यक्ष केपी शर्मा ओली भारतको नयाँ दिल्ली पुग्नुभएको छ ।
शुक्रबार साँझ ६ बजे जेट एयरवेजको उडान नं नाइनडब्ल्यु २५६ बाट नियमित स्वास्थ्योपचारका सिलसिलामा भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । उहाँले नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा डा अनन्तकुमारलगायत चिकित्सकसँग मिर्गाैलासम्बन्धमा नियमित स्वास्थ्य जाँच गराउनुहुनेछ ।
त्रिवि विमानस्थलमा उहाँलाई बिदाइ गर्न उपाध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतम, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव पृथ्वीसुब्बा गुरुङ, सभासद् डा राजन भट्टराई, वैकल्पिक केन्द्रीय सदस्य नीरु पाल र खिमलाल भट्टराई, युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतलगायत सहभागी हुनुहुन्थ्यो ।
अध्यक्ष ओलीका साथमा धर्मपत्नी राधिका र नातेदार राजेश वज्राचार्य पनि हुनुहुन्छ । उपचारका लागि उहाँ नयाँ दिल्लीमा करिब एक हप्ता लाग्ने स्वकीय सचिव रमेश आचार्यले जानकारी दिनुभयो ।
यसैबीच अध्यक्ष ओलीले आफ्नो अनुपस्थितिमा कावा अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष गौतमलाई सुम्पेको पार्टी सचिव पृथ्वीसुब्बा गुरुङद्वारा आज साँझ जारी विज्ञप्तिमा जनाइएको छ ।
















प्रतिक्रिया