काठमाडौं । २०७२ सालको मदन पुरस्कार रामलाल जोशीको कथा संग्रह ऐनाले पाउने भएको छ । मदन पुरस्कार गुठीले २०७२ को मदन पुरस्कार रामलाल जोशीको कथा संग्रह ‘ऐना’लाई दिने निर्णय गरेको हो ।
गुठीले मंगलबार २०७२ सालमा प्रकाशित पुस्तकमध्येबाट छानिएको ‘ऐना’लाई पुरस्कार दिने निर्णय गरेको हो । साथै २०७२ को जगदम्बा पुरस्कार लीलबहादुर क्षेत्रीलाई प्रदान गर्ने निर्णय गरेको मदन पुरस्कार गुठीले जनाएको छ ।
गुठीले यसअघि भुवनहरि सिग्देलको आमोई, रामलाल जोशीको ऐना, नीलम कार्की निहारिकाको चीरहरण, घनश्याम खड्काको निर्वाण, सरिता तिवारीको प्रश्नहरुको कारखाना, बुद्धिसागरको फिरफिरे र दामोदर पुडासैनी ‘किशोर’को सिमानाका रङ्ग सिमानाका तरङ्गलाई पुरस्कारका लागि छोटो सूचीमा राखेको थियो ।
जोशीले पुस्तक ‘ऐना’मा सुदूरपश्चिमलाई मार्मिक ढंगले देखाएका छन् ।















प्रतिक्रिया