२ कार्तिक २०८३, सोमबार

‘बेष्ट इन्डियन ब्राण्डस २०१६’ को उपाधि अशोक लेलैण्डलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ashok-lelend-company

काठमाडौं, ४ असोज । भारतको दोस्रो ठूलो बस निर्माता कम्पनी अशोक लेलैण्डले ‘बेष्ट इन्डियन ब्राण्डस २०१६’ को उपाधि जितेको छ ।

ग्राहक सेवा र सन्तुष्टीलाई सर्वाेपरी ठानेर ‘तपाईको प्रगति हाम्रो चाहना’ स्लोगन राखेको अशोक लेलैण्डले भारतीय बजारमा गत वर्षको तुलनामा यस वर्ष सेल्स टर्न ओभरमा ३९ प्रतिशतले वृद्धि गरेको छ ।

कर्मसियल भेहिकल अन्तर्गत स्कुल बस सेग्मेन्टमा अब्बल रहेको सनसाइन बसको भारतीय बजारमा इन्ट्रीले ग्राहकमुखी यो कम्पनीको सेल्स, सर्विस र कस्टमर फोकसको नौलो उदाहरणका रुपमा सिद्ध गरेको छ । सनसाइन बसका एन्टी बासेटरियल सिट र ह्याप्पी, जोयफूल ग्राफिक्सले सम्पूर्ण उपभोक्ता र यात्रुको मन जित्न सफल भएको कम्पनीले जनाएको छ ।

अशोक लेलैण्डले आफ्नो ग्राहक सेवा विस्तारको क्रममा दुबई प्लान्ट रस अल खैमा भन्ने स्थानमा १ करोड अमेरिकी डलर लगानी गरेको छ ।

भारतमा निर्मित तथा हिन्दूजा ग्रुपको इतिहास अशोक लेलैण्ड ब्राण्डले अबका दिनमा नेपालमा पनि विस्तार गर्ने जनाएको छ ।

अशोक लेलैण्डका कर्मशियल गाडीहरुको यूएसपी भनेकै यसका रेन्ज र प्रोडक्ट भेराइटी रहेको छ । नेपाली बजारमा अशोक लेलैण्ड ब्राण्डका बस, ट्रक, टिपर र लाइट भेहिकलहरु भित्रिने र विगतमा स्पेयरर्स र सर्भिसको समस्या उत्पीडित ग्राहकहरुलाई सुलभ र सहज तरिकाले विक्री पछिको सेवा दिने प्रतिबद्धता आईएमई ग्रुपको रहेको छ ।