लसएञ्जलस । पप स्टार ब्रिटनी स्पीयर्सले साना बालिकाहरूको एक समूहलाई नृत्यको प्रशिक्षण दिएकी छिन् । ३४ वर्षीय ब्रिटनीले आफूले जानको नृत्य कला साना बालिकाहरूलाई सिकाएको जनाएकी छिन् ।
बालिकाहरूलाई नृत्य कक्षा सञ्चालन गरेको भिडियो क्लिप ब्रिटनीले इन्स्टाग्राममा शेयर गरेकी छिन् । भिडियोमा ब्रिटनी स्ट्रचिंगदेखि तालमा नृत्य कलामा देखिएकी छिन् । उनले बालिकाहरूलाई राम्रोसँग नृत्य सिकाएको समाचारमा उल्लेख छ ।
ब्रिटनीले भनेकि छिन, ‘यी साना बालिकाहरूलाई नृत्य सिकाउँदा मलाई धेरै आन्दा लाग्यो ।’ उनले भनेकि छिन, ‘सिकाउन धेरै राम्रो हुँदो रहेछ । साना बालिकाहरूलाई मैले नृत्यु सिकाए ।’ – एजेन्सी















प्रतिक्रिया