काठमाडौं, ४ असोज । विक्रम संवत २०४५ सालमा दर्ता भई २०४७–२०४८ सालदेखि सञ्चालनमा आएको हामा आईरन एण्ड स्टिल ई.प्रा.लि. २५औँ वर्षमा प्रवेश गरेको छ ।
प्रारम्भमा ६००० मे.टन वार्षिक उत्पादन क्षमता रहेकोमा हाल यस उद्योगले विभिन्न चरणमा विविधिकरण एवं विस्तृतीकरण प्रश्चात वार्षिक हाल उत्पादन क्षमता १,५०,००० मे.टन पुगार्ई सञ्चालनको २५औं वर्षमा प्रवेश गरेको हो ।
उत्पादित वस्तुको गुणस्तरको निर्भरता मुख्ययता प्रयोग गरिने कच्चापदार्थको अहम भूमिका रहने कुरा निर्विवाद रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
स्थापना कालदेखि २५ वर्षको सञ्चालन अवधि सफलतापूर्वक सम्पन्न पूरा हुँदासम्म केवल उच्च कोटीको कच्चापदार्थ प्राईम विलेटस् विश्वविख्यात SAIL, VIZAG, TATA STEEL बाट मात्र आयात गरी कम्पनीले गुणस्तरीय फलामे छड उत्पादन गरिरहेको जनाइएको छ ।
‘उद्योग सञ्चालनको प्रारम्भ देखि नै पूर्वाधार निमार्ण जस्तै पूल, सडक, भवन निमार्णहरु जस्ता महत्वपूर्ण विकास कार्यहरुको लागि उच्च गुणस्तरीय फलामे छडहरु मेरुदण्ड नै हुने सत्यतालाई ह्दयगम गरी सदैव यस कम्पनीले राष्ट्रिय एवं अन्तराष्ट्रिय मापदण्डलाई मध्य नजर राख्दै समयसमयमा विभिन्न आधुनिक प्रविधिको प्रयोग लगायत गुणस्तर वृद्धिका लागि सुधार एवं मानव संसोधनको विकासका लागि ठूलो लगानी गरेको व्यहोरा यस कम्पनीको ग्राहक वर्ग, शुभचिन्तक एवं प्रतक्ष ( अप्रतक्ष रुपमा सरोकार राख्ने सम्पूर्ण जनसमुदाय समक्ष राख्न चाहन्छौ’, विज्ञप्तिमा भनिएको छ ।















प्रतिक्रिया