१ कार्तिक २०८३, आइतबार

गायिका जानुकाको ‘राष्ट्रसेवक छोरी म त देशको सेवा गर्छु’ बजारमा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

januka-kuwar

काठमाडौं । सशस्त्र प्रहरी बलमा आबद्ध जानुका कुँवरले लोकदोहोरी गीत ‘राष्ट्रसेवक छोरी म त देशको सेवा गर्छु’ बोलको गीत बजारमा ल्याएकी छन् ।

गीतमा दसैं तिहारमा घर जान नपाउदाको पीडा पोखेकी छन् गायिका जानुका कुँवरले ।

वर्षदिनमा आउने दसैं तिहारमा बुढा आमाबुबाको हातको टिका नलगाए पनि देश र जनताको सेवामा दिनरात घामपानीमा खटिरहने राष्ट्रसेवकहरुको कथा यस गीतमा समेटेको गायिका कुँवरले बताईन् ।

सुदूरपश्चिमको बैतडी जिल्लामा जन्मेकी उनले एक दर्जन बढी गीत स्रोतासामु पस्किसकेकी छन् ।

गीतमा नेपाली चलचित्र क्षेत्रका नायक धिरेन शाक्य र गीतकार एबं गायिका गायत्री थापाले अभिनय गरेका छन् । स्वर, शब्द र लय जानुका कुँवरको रहेको यो गीतमा खुमन अधिकारीले पनि स्वर दिएका छन् ।

फौजीको कथा बस्तुमा मर्मस्पर्शी कथा बस्तु तयार भएको गीतको म्युजिक भिडियोमा धिरेन र गायत्रीको अभिनयले झनै राम्रो बनाएको छ ।

दर्जनौ गीतहरुको सृजनासंगै आफ्नो सुमधुर स्वर भरेर दर्शक श्रोतामाझ लोकप्रिय गायत्री थापाले यो गीतबाट पनि थप चर्चासंगै धेरै दर्शक श्रोताको मन जित्न सफल हुने आशा लिएको बताइन । संगीत सिर्जनदेखि गायन र अभिनयलाई पनि संगसगै लैजाने उनले बताइन । गीतलाई शिवदर्शन फिल्मसले बजारमा ल्याएको हो ।

हेर्नुस् भिडियोः