काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानको छैठौ केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्वका लागि गायक कृष्ण रेउलेले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
झण्डै १९ वर्ष लोक तथा दोहोरी गीतको क्षेत्रमा विताएका गायक रेउलेले प्रतिष्ठानको नयाँ नेतृत्वका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । ‘म लोक तथा दोहोरी गीत प्रतिष्ठानको सचिव पदमा बसेर गीत संगीत र गायक गायिकाहरूका लागि केही गर्न चाहन्छु’, उनले भने, ‘त्यसका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेको छु । मेरा शुभेच्छुक र प्रतिनिधिहरूले मतदान गर्नु हुनेछ ।’
उनले आफू बिगतदेखि अहिलेसम्म गीतसङ्गीतमा इमान्दरिताका साथ लागेको बताउँदै अग्रजहरुले देखाएको बाटोमा सधैँ हिड्ने प्रयास गरिरहेको उल्लेख गरेका छन् ।
‘म आगामी दिनमा पनि इमानदारीका साथ काम गर्दै जानेछु । हाम्रो होइन राम्रोले स्थान पाउनुपर्छ भन्ने मान्यताको सोँचका साथ मैले पनि फेरि सचिब पदको उम्मेदवारी घोषणा गरेको छु’, गायक रेउलेले भनेका छन् ।
लोक तथा दोहोरी गीत राष्ट्रिय प्रतिष्ठानको छैठौँ महाधिवेशन नजिकिँदै गर्दा गायक रेउलेले आफ्नो उम्मेदवारीका साथै प्रचार प्रसारलाई तीब्रता दिएका हुन् ।















प्रतिक्रिया