१ कार्तिक २०८३, आइतबार

लोकदोहोरी प्रतिष्ठानको नेतृत्वका लागि को–को छन् मैदानमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

badri-pangeni– गणेश गिरी

पर्वत, २ असोज । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको आगामी नेतृत्वका लागि लोक गायक विष्णु खत्री, बद्री पंगेनी र टीकाराम चापागाइँले उमेदारी घोषणा गरेका छन ।

आगामी असोज ८, ९, १० गते काठमाडौंमा हुने छंैटौै राष्ट्रिय महाधिवेशनका लागि वर्तमान कार्य समितिका बरिष्ठ उपाध्यक्ष पंगेनी, प्रथम उपाध्यक्ष चापागाइँ र खत्रीले उमेदवारी घोषणा गरेका हुन् ।

गायक पंगेनी नेपाली लोक संस्कृति र लोक गायनको क्षेत्रमा चलेको नाम हो । पंगेनीले अध्यक्ष पदमा आफू बलियो उम्मेदवार रहेको दाबी गर्छन् ।

चापागाइँ पनि वर्तमान कार्य समितिका प्रथम उपाध्यक्ष भएकाले उनको संगठनमा राम्रो प्रभाव रहेको दाबी छ । चापागाइँ गायनभन्दा अन्य संस्थाहरूमा लागेको भन्ने आरोप छ ।

bishnu-khatriधौलागिरी क्षेत्रका लोक गायक खत्री यसअघिको पाँचौ अधिवेशनमा ठूलो मतले अध्यक्ष चन्द्र शर्मासंग पराजित भएका थिए । उनी दोस्रो पटक अध्यक्षको दौडमा छन । खत्रीलाई संगठनमा निरन्तरता नदिएको आरोप छ ।

तीन वर्षे कार्यकालका लागि हुने महाधिवेशनमा बरिष्ठ उपाध्यक्षका पदमा गायक रमेश विजी, ऋषिलाल श्रेष्ठ र विमलराज क्षेत्रीले उमेदवारी दिने सम्भावना छ ।

कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पर्वत क्षेत्र न २ बाट पराजित भएका गायक क्षेत्रीलाई धौलागिरीको समर्थन जुटने अनुमान गरिएको छ ।

प्रतिष्ठानको महासचिवका शिशिर देवकोटा र सचिवमा गायकद्वय कृष्ण रेउले र सुवास केसी चुनावी मैदानमा उत्रने घोषणा गरेका छन ।

पशुपति शर्मा, रामजी खाड, शंकर विसी, खुमन आधिकारी, राजु गुरुङ, चोलेन्द्र पौडेल, कुलेन्द्र विश्वकर्मा, तारापति सुवेदी, हरि थापा, बसन्त tikaram-capagaiथापा, पार्वती जिसी, राधिका हमाल, रमिला न्यापाने, टीका पुन, कृष्ण अखेली, प्रकाश कटवाल, दीपक खडकालगायतले पनि केन्द्रीय सदस्य र पदाधिकारीहरुमा दाबा गरीरहेका छन ।

प्रतिष्ठानको महाधिवेशनका लागि ६१ जिल्लाबाट २ हजारभन्दा बढी कलाकारहरु प्रनितिधिरुपमा सहभागी हुने प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताए ।

शर्माका अनुसार अधिकांश जिल्ला अधिवेशन सकिएको छ । भने केही विवादित अञ्चल र जिल्लाहरुमा महाधिवेशन अगाडि नै टुंगो लाग्नेछ ।