२ कार्तिक २०८३, सोमबार

दुई महिना नबित्दै कालिकोट पुनः अन्धकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

power_house_kalikot– पुष्पराज भट्टराई

कालिकोट, २ असोज । ०७० साल असार २ गते आएको बिनाशकारी बाढीका कारण अवरुद्ध भएको कालिकोटको एक मात्र विद्युत सेवा पोतमारा साना जलविद्युत आयोजनाको सेवा पुनः अवरुद्ध हुन पुगेको छ ।

विद्युत प्राधिकरण शाखा कालिकोटले विद्युत नहरको अवलोकन गरी त्यसको रिपोर्ट मन्त्रालयमा पुगाएपछि सरकारले बजेट छुट्याएपछि मात्र टेन्डर पक्रियाबाट काम हुने बताएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले उपभोक्ता समितिमार्फत काम गराउने निर्णय गरी तत्काल नहर मर्मतको काम अघिबढाइएको थियो ।

नहर मर्मतपछि असारमा आएको विद्युत फेरि भदौ ३० गते बिहीवार दिउसोदेखि अवरुद्ध भएको कालिकोटको विद्युत सेवा अझै सुचारु हुन सकेको छैन ।

विद्युत पावर हाउसमा रहेको विद्युत हिटरमा खरावी आएपछि अवरुद्ध भएको भनिएको विद्युत सेवा सुचारुका लागि प्राधिकरण उदासिन देखिएको छ ।

विद्युत अवरुद्ध भएको कारणबारे प्राधिकरणले न त कुनै सार्वजनिक सूचना गरी विद्युत उपभोक्तालाई जानकारी दिएको छ न त विद्युत सेवा नै सुचारु गर्न सकेको छ । उल्टै विद्युत प्राधिकरण वितरण इकाइ कालिकोटका प्रमुख बुद्धिनारायण चौधरी विद्युत अवरुद्ध हुनुको दोष कालिकोटका नागरिकलाई दिएर उम्किन प्रयास गरेको आरोप छ ।