३० आश्विन २०८३, शुक्रबार

संयन्त्र गठनमा सहमति जुटाउन बसेको बैठक निष्कर्षविहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3-dalकाठमाडौं, १३ भदौ ।  उच्चस्तरीय राजनीतिक संयन्त्र गठनमा सहमति जुटाउन बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक निष्कर्ष विहीन भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बालकोटमा संयन्त्र गठनमा सहमति जुटाउन तीन दलका शीर्ष नेता भेला भएका थिए ।

एमाले अध्यक्ष केपी ओलीको निवासमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको हो ।

बैठकमा संयन्त्र गठनबारे छलफल भए पनि कुनै सहमित हुन नसकेको बुझिएको छ ।
उपचारका क्रममा ओली आजै भारत जाने तयारीमा रहेकाले त्यसअघि नै संयन्त्र गठनमा सहमति जुटाउन शीर्ष नेता एकै ठाउँ भेला भएका थिए ।

संयन्त्र गठनका लागि प्रमुख प्रतिपक्षी दल एमाओवादीले अडान लिएपछि सत्ताधारी दलहरु नेपाली कांग्रेस र एमाले सकारात्मक देखिएका थिए ।

बैठकमा भने कांग्रेसको तर्फबाट महामन्त्री कृष्णप्रसाद सिटौला, एमालेबाट अध्यक्ष ओली र एमाओवादीबाट अध्यक्ष प्रचण्डको सहभागीता रहेको थियो ।