१ कार्तिक २०८३, आइतबार

असोज २१ मा ‘सुब्बा साब’ र किस्मत २’ भिड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rishi-lamichhane-shilpa-pokhrel-and-chhabi-raj-ojha-at-kismat-2-press-meetकाठमाडौं । आगामी असोज २१ गते रिलिज हुने तयारी रहेको फिल्म ‘किङ’ ले रिलिज मितिलाई पछाडि सारेपछि यो मितिमा अर्को फिल्म ‘सुब्बा साब’ प्रदर्शनमा आउने भएको छ ।

यही दिन चर्चित निर्माता छविराज ओझाको फिल्म ‘किस्मत २’ पनि प्रदर्शनमा आउँदैछ । ‘किस्मत २’लाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । ‘किस्मत २’ले आफ्नो प्रचार प्रसारलाई आक्रामक रुपमा अगाडि बढाएको छ ।

रिलिज मिति घोषणासँगै ‘सुब्बा साब’को फष्टलुक पनि सार्वजनिक गरिएको छ । यो मितिमा फिल्म अल नेपाल रिलिज हुनेछ ।

आशुतोष फिल्मस् प्रोडक्सन प्रालि र शुभ सक्षम म्युजिक प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा राजु अधिकारीको निर्देशन छ ।

निर्देशक अधिकारीले फिल्मले निजामती कर्मचारी सुब्बाको इमान्दारिता र राष्ट्र सेवा अनि सन्तानप्रतिको माया र दायित्वलाई प्रस्तुत गरेको बताए ।

2x5-1हीरामणि न्यौपानेको प्रस्तुतिमा तयार भएको फिल्म ‘सुब्बा साब’मा जीवन लुँइटेल, सरोज खनाल, गौरी मल्ल, वर्षा शिवाकोटी र जानवी बस्नेतलगायतको अभिनय छ ।

फिल्ममा रामबहादुर कोइरी, कुलचन्द्र पाण्डे, जीवन अर्याल र रामु अधिकारीको लगानी छ ।

फिल्ममा हीरामणि न्यौपानेको कथा र संगीत, शर्मिला न्यौपानेको गीत, कमल राई र गोविन्द्र प्रभातको नृत्य, सञ्जय तुम्रुक, डेबिट, अञ्जु पन्त, मिलन अमात्य र संयोग योगीको स्वर, सुवास देवकोटाको सम्पादन, मौनता श्रेष्ठको पटकथा तथा संवाद र पवन गौतमको छायांकन छ ।