एजेन्सी । बलिउड अभिनेत्री विद्या बालन अस्पताल भर्ना भएकी छन् ।
शुक्रबार स्वास्थ्य जाँचका क्रममा उनलाई डेंगु रोग लागेको पाइएको छ । चिकित्सकले विद्यालाई दुई हप्ता आराम गर्ने सुझाव दिएका छन् । जुहु तारा रोडमा विद्या बालनका दुई छिमेकीलाई उनका आलिशान घरमा डेंगुवाला मच्छर एडीज एजिप्टका लार्भा भेट्टाएपछि बीएमसीले सूचना गरेको छ ।
जसमध्ये एउटा नाम बलिउड अभिनेता शाहिद कपुरको पनि छ । बृहन्मसम्बई नगर निग म (बीएम्सीख)ले शाहिद कपुरसँग हाउजिङ सोसाईट मा डेंगुको रोकथामको लागि सूचना जारी गरेको छ ।
शुक्रबार घरमा डेंगु मच्छर र लार्भालाई जाँचको लागि निस्केका बीएमसीका स्वास्थ विभागका शाहिद कपुरको घरमा स्वीमिङ पुलमा डेंगुको लार्भा मिलेको थियो । जसको प्रयोग पछिल्लो केहि दिनमा गरिरहेका छैन । शाहिद कपुर प्रणेता अपार्टमेन्टमा विद्याको फ्ल्याटबाट ठिक दुई फ्लोर तल ग्राउण्ड फ्लोरमा बस्छन् ।
शाहिदलाई महानगरपालिका कानुनको धारा ३८१ बी अनुसार सूचना पठाइएको हो । जसअनुसार उनले १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ । तेस्रो फ्लोरमा बस्ने विद्याका एक अर्का छिमेकीलाई पनि डेंगुको रोकथाम गर्नको लागि यसै धारा अनुसार सुचना गरिएको छ ।
विद्याका प्रवक्ताले भने अनुसार उनलाई हिजो मात्रै डेंगु भएको पत्ता लागेको थियो । उनी आफ्नो नोभेम्बरमा रिलिज हुन गइरहेको फिल्म ‘कहानी २ मा देखिनेछिन् ।
















प्रतिक्रिया