२ कार्तिक २०८३, सोमबार

नेपालकै सर्वाधिक ठूलो सिटिसी मोबाइल बजारमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

expo-logo

काठमाडौं, १ असोज । राजधानीको सुन्धारास्थित सिटिसी मलमा नेपालकै सर्वाधिक ठूलो मोबाइल एक्स्पो आयोजना हुने भएको छ ।

एक्स्पोको प्रवद्र्धनका लागि आयोजक सिटिसी मोबाइल बजारले शनिबार बिशाल साइकल र्याली सम्पन्न गरेको छ । दशैँको पुर्व सन्ध्यामा असोज ५ गतेबाट आयोजना गर्न लागिएको मेलाको प्रवद्र्धनका लागि आयोजीत साइकल र्यालीमा २५० भन्दा बढि व्यवसायी तथा सर्वसाधारणले सहभागीता जनाएका थिए । बिहान ७ बजे सुन्धारास्थित सिटिसी मलबाट सुरु भएको साइकल र्याली त्रिपुरेश्वर, टेकु, कालीमाटी, बल्खु, किर्तिपुर, चोभार, भैँसेपाटी, नख्खु, जावलाखेल, कुमारीपाटी, लगनखेल, मंगलबजार, शंखमुल, तीनकुने, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगंज, नयाँ बसपार्क, ठमेल, दरबारमार्ग हुँदै पूनः सिटिसी मलमा आईपुगेर सम्पन्न भएको थियो । र्यालीमा सहभागीहरुले मोबाइल एक्स्पोको प्रचार सामग्रीले सजिएका टिसर्ट लगाएका थिए ।

सामसुङले मुख्य प्रायोजन(टाइटल स्पोन्सर) गरेको मोबाइल एक्स्पो असोजको पहिलो साताबाट सुरु हुनेछ । सिटिसी मोबाइल बजारले गर्न लागेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर(भूइँतल्ला), तेस्रो, चौथो र पाँचौ तल्लामा हुने छ ।

मोबाइल एक्स्पोको पावर्ड बाइमा कलर्स र जियोनी मोबाइल रहेका छन् । यसैगरि मुख्य प्रायोजनमा माइक्रोम्याक्स मोबाइल, लाभा र एमआई मोबाइल रहेका छन् । यसैगरि सह प्रायोजकमा वन प्लस वन, इन्टेक्स,एपेक्स डिजिटल, सिजी, रेज, केन्ट, स्पाइस मोबाइल र ओबिआई मोबाइल रहेका छन् ।

cycle

धेरै भन्दा धेरै मोबाइल कम्पनीहरुको साथ पाएको मोबाइल एक्सपोको प्रायोजकमा सेल्कन मोबाइल, सिटिभी मोबाइल र सिटिसी मल रहेका छन् । एक्सपोलाई हुवावे मोबाइलले सपोर्टरका रुपमा सघाएको छ ।

एकै छाना मुनी डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वन प्लस वन, एमआई, सामसङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई र ओबिआई मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् ।

८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध हुनेछ । त्यसका अलवा केहि कम्पनीमार्फत मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

एक हप्तासम्म चल्ने एक्स्पोमा निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको छ । साथै फ्रि वाइफाईको मज्जा पनि उठाउन सकिनेछ । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर पनि प्रदान गरिने छ । त्यसका लागि अवलोकन कर्ताले एक्स्पोमा एउटा फारम भर्नुपर्नेछ ।

मोबाइल एक्स्पोमा आधुनिक प्रबिधिका मोबाइल, ट्याबलेट, फ्याबलेट र एसेसरिजको बिक्री बितरण गरिने छ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको सामसुङ मोबाइल एक्सपोमा ३ लाख भन्दा बढी अवलोकनकर्ता आउने बिश्वास आयोजकले लिएको छ ।

एक्स्पोका अवलोकन कर्ताहरुमध्ये एक जनालाई लक्की ड्र मार्फत मोटरसाइकल समेत प्रदान गरिने सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए । साइकल र्यालीमा सहभागिले डोनेट गरेको रकम हर्टबिट नामक संस्थालाई हस्तान्तरण गरिएको थियो ।