काठमाडौं, १३ भदौ । क्रसर व्यापारीहरुले सरकारले ढुंगा, गिटीको उत्खनन् तथा ओसारपसारमा रोक लगाएर आफ्नो रोजीरोटी नै बन्द गराएको भन्दै व्यापारीहरुले ट्रिपरहरुलाई सडकमै तेस्याएपछि राजधानीको आवागमन अस्तव्यस्त भएको छ ।
उनीहरुले तीनकुनेदेखि गठ्ठाघरसम्मको सडकमा ट्रिपर राखेर प्रर्दशन गरेका छन् ।
सयभन्दा बढी ट्रिपरलाई उनीहरुले सडकमा राखेर यातायात अवरुद्ध गरेपछि सडकमा साना–ठूला सवारी गुड्नलाई समस्या भएको छ ।
ट्राफिकले सडकमा राखिएका सवारी नियन्त्रणमा लिने काम गरिरहेको र केही समयमा सडक सुचारु गर्ने जनाएको छ ।















प्रतिक्रिया