काठमाडौं । बिभिन्न कारणले प्रदर्शन मिति पछि सार्दै आएको चलचित्र ‘सत्यदीप’ अन्ततः प्रदर्शनमा आउने भएको छ । चलचित्र १४ असोजबाट देशभरि एकसाथ प्रदर्शन ब्यवस्था मिलाएको निर्माता बिनयराम श्रेष्ठले जानकारी दिए ।
गीत संगीतकै माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने ‘सत्यदीप’मा पुष्कार घिमिरेको निर्देशन रहेको छ ।
घिमिरेको यो डेब्यु चलचित्र हो । करिब दुई दशकको चलचित्र यात्रामा आफूले हासिल गरेको अनुभव चलचित्रमा खनाएको निर्देशक घिमिरेले बताए ।
रबि गिरी, उमा बेबी, दीब्येस्वर गौतम, सबिना केसी, जीवन गिरी, श्याम केसीलगायतका कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ ।
प्रेम रोमान्स र एक्सनले भरिपूर्ण चलचित्रले भ्रष्टहरूलाई समाजबाट बहिस्कार गर्न युवाहरूले आवाज बुलन्द पार्नुपार्ने कथा उठाएको छ ।
उपत्यकाको आसपासमा दृश्य समेटिएको चलचित्रमा शम्भु सापकोटाको छायाँकन, कमल राइको नृत्य र अष्ट महर्जनको द्वन्द्व छ । चलचित्रमा अर्जुन पोखरेलका संगीतकमा निकै कणप्रिय गीतहरू समेटिएका छन् ।















प्रतिक्रिया