१ कार्तिक २०८३, आइतबार

राधा फिल्मको नयाँ गीतः ‘फूल सारा बेकार छन्’ सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

radha

काठमाडौं । तिहारमा रिलिज हुने फिल्म राधाको नयाँ गीत सार्वजनिक भएको छ ।

डा. कृष्णहरी बरालले रचना गरेको यस गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् भने स्वर चाँहि राजेश पायल राईको मात्र छ । कोरियोग्राफी कविराज गहतराजको हो भने सिनेमाटोग्राफी मान कृष्ण महर्जनको हो

फूल सारा बेकार छन् जुन तारा बेकार छन् बोलको यस गीत लाई सुनेर केही लेख्ने हो भने यो गीत मेलोडियस लभ सङ श्रेणीमा पर्दछ । गीतमा कहरवा ताल प्रयोग भएका कारण यो गीतलाई एक दुई पटक सुन्दा श्रोताले गुनगुनाउँन सक्ने आधार चाँहि देखिन्छ । जसको मुख्य कारण हो गीतको शब्द बनोट र सजिलो स्थायी । गीतका शब्दमा माया प्रेम भन्दा ठूलो अरु केही हैन भन्दै एउटा प्रेमीले आफ्नो प्रियको प्रशंसा गरेको पाईन्छ ।

योगेश घिमिरेको निर्देशनमा बनेको यस फिल्ममा संचिता लुइँटेल र जीवन लुइँटेलले जोडी बाधेका छन् ।

हेर्नुस् भिडियोः