२ कार्तिक २०८३, सोमबार

विपक्षी दल संसद बैठकमा हंगामा मच्याउने तयारीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biccकाठमाडौं, १३ भदौ । एमाओवादीसहित प्रतिपक्षी दलले आफ्ना माग पुरा नभए शुक्रबारको व्यवस्थापिका संसद बैठक बहिस्कार गर्ने भएका छन् ।

चारबुँदे सहमति कार्यान्वयन हुनुपर्ने,  बाढीपीडितलाई राहत दिइनुपर्ने, २६ सभासद मनोनयन हुनुपर्ने लगायत माग राखेर उनीहरुले संसद अवरुद्ध गर्न लागेका हुन् ।

दिउँसो १ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ ।

यसअघि मंगलबारको बैठकमा एमाओवादीसहित विपक्षीले सत्तापक्षलाई ४ बुँदे सहमतिअनुसार उच्चस्तरीय राजनीतिक सहमति गठनका लागि २४ घण्टे अल्टिमेटम दिएका थिए ।