३० आश्विन २०८३, शुक्रबार

एक महिलाको लुटपाटपछि हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hattya-1बागलुङ, १३ भदौ । बागलुङमा एक महिलाको हत्या भएको छ । ३६ वर्षकी रुपा गौतमको घाँटि रेटी हत्या भएको हो ।

सिँगाना गाविस वडा नम्बर ७ घर भई बिहुँ गाबिस १ दोविल्लामा व्यापार गरी बस्ने ती महिलाको शव बागलुङ बुर्तिवाङ सडक खण्ड अन्तर्गत बाग्लुङ नगरपालिका ५ बोक्से गैरामा भेटिएको छ ।

उनको लुटपाटपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बिहिबार साँझ सडकको बीच भागमै मृत अवस्थामा उनको शव देखेपछि ट्याक्टर चालकले प्रहरीलाई खबर गरेका थिए । सोही खबरपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको बागलुङ प्रहरीले जानकारी दिएको छ ।