लसएञ्जेल्स । मार्च महिनामा कपडा निकालेर लिएको आफ्नो सेल्फी सामाजिक सञ्जालमा राखेरका कारण खलबली मच्चाएकी टिभी कलाकार किम कर्दशियांले तस्बिरले यति धेरै बवाल र नाटक होला भनेर आफूले नसोँचेको बताएक छिन् ।
उनले सेल्फीलाई लिएर यति धेरै बवाल नगरेको भए हुने थियो भनेर शुचेच्छुकहरूलाई भने कि छिन् ।
‘किपिंग अप विद द कर्दशियां’ स्टारले आफ्ना कामोत्तेजक तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन । किमको शरीरलाई दुई वटा पट्टिले संवेदनशील अंगलाई सामान्य रुपमा छोपेका थिए ।
‘फीमेलफस्ट डट कम डट यूके’को रिपोर्ट अनुसार किमले ती तस्बिरहरूले धेरै हल्लाखल्ला भएको ठानेकि छिन् । ‘मैले ती नाङ्गा तस्बिर मजाक मजाकमा सामाजिक सञ्जालमा शेयर गरेकी थिए’, किमले भनेकि छिन् । बच्चा जन्माएपछि आफ्नो शरीर कस्तो छ भनेर शुभेच्छुकहरूले थाहा पाउन भनेर अर्ध नग्न तस्बिर सार्वजनिक गरिएको उनको दाबी छ ।
तस्विरहरू सामाजिक सञ्जालमा शेयर गर्ने बेला आफूले यति धेरै चर्चा होला भनेर कहिल्यै नसोँचेको उनको भनाइ छ । ‘मैले आफ्ना संवेदनशील अंग पट्टिले ढाकेको थिएँ’, किमले भनेकी छिन् । मैले यस कुरालाई मजाकका रुपमा लिएको छु ।’ – एजेन्सी















प्रतिक्रिया