२ कार्तिक २०८३, सोमबार

भारतीय राजदूतको विरोधमा चितवन बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranjit-Ray-indian

चितवन, १३ भदौ । भारतीय राजदूत रञ्जित रेको चितवन भ्रमणको विरोधमा नेकपा–माओवादीका कार्यकर्ताले जिल्ला बन्दको आह्वान गरेका छन् ।

चितवनको माडीमा भारतीय दूतावासको सहयोगमा निर्माण गरिएको माडी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटनका लागि राजदूत रे चितवन पुगेका छन् । त्यसैको विरोधमा बैद्य माओवादीका कार्यकर्ताले बन्द आह्वान गरेका हुन् ।

बन्दका कारण स्थानीय रुटका सवारी साधन प्रभावित भएका छन् भने बन्दको प्रभाव पनि सामान्य परेको छ । चितवनबाट बाहिरजाने यात्रुवाहक सवारीसाधन भने निर्वाध रुपमा चलिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चितवनको रत्ननगर, लगायतका स्थानहरुमा बन्द गराउँदै हिडेका आधा दर्जन कार्यकर्ता पक्राउ परेको नेकपा–माओवादी, चितवनले जनाएको छ ।