२ कार्तिक २०८३, सोमबार

एमालेले आज सभासद् छान्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौं, १३ भदौ । नेकपा एमालेले मन्त्रिपरिषद्बाट मनोनित गर्न बाँकी सभासद्को सूची आज तयार पार्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली आज थप उपचारका लागि दिल्ली जान लागेकाले एमालेले आजै सभासद्को अन्तिम सूची बनाउन लागेको हो । जसका लागि अध्यक्ष ओलीले बिहानैबाट छलफललाई तीव्रता दिनुभएको छ । नेता ओलीले आज पनि बिहानैदेखि पदाधिकारीहरुसँग छलफल गरिरहनुभएको छ ।

मन्त्रिपरिषद्बाट मनोनित गर्न बाँकी २६ सभासद्मध्ये एमालेको कोटामा ८ जना परेको छ । तर, पदाधिकारीमै रहेका नेताहरुले ३० जना भन्दा बढीको नाम सिफारिस गरेपछि सभासद् छान्न अप्ठेरो परेको छ ।

नेताहरुबीच सहमति जुटे अध्यक्ष ओलीले आजै प्रधानमन्त्रीलाई सभासद्को सूची बुझाउनुहनेछ ।

सभासद्सँगसँगै अध्यक्ष ओलीले आजै संसदीय दलको उपनेता पनि चयन गर्नुहुने बताइएको छ । पार्टीका उपमहासचिव समेत रहनुभएका सभासद् विष्णु पौडेललाई दलको उपनेता बनाउने ओलीको इच्छा रहेको स्रोतको दाबी छ ।