२ कार्तिक २०८३, सोमबार

ओली दिल्लीतिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-final

काठमाडौं, १३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज भारतको नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।

स्वास्थ्य परीक्षणका लागि आज साँझ ६ बजे दिल्ली जाने कार्यक्रम तय भएको नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँ करिब एक साता दिल्ली बस्ने कार्यक्रम छ ।

दिल्लीमा पुगेर कुन अस्पतालमा उपचार गराउने भन्ने निधो भइसकेको छैन । उहाँको उपचारमा संलग्न डाक्टरको अनुकुलता हेरेर अस्पताल टुंगो लगाइने बताइएको छ ।

सात महिना अघि देखि बिरामी परेका ओली यसअघि पटकपटक नयाँदिल्ली, थाइल्याण्ड र सिंगापुरमा उपचार गराइसक्नुभएको छ ।

दिल्ली बसाइका क्रममा अध्यक्ष ओलीले राजनीतिक भेटवार्तासमेत गर्ने बताइएको छ ।