१ कार्तिक २०८३, आइतबार

भोजपुरी फिल्मकी नायिका दिनेशसँग यसरी नाचिन

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vlcsnap-2016-09-08-16h09m48s959काठमाडौ । गायत तथा मोडल दिनेश थापा कलाक्षेत्रका लागि चिनाई रहनु पर्ने नाम भने होइन । थुप्रै लोक गीतमा स्वर दिएका दिनेश लोक दोहोरी गीतका चलेका मोडल पनि हुन् । मोडलिङ र गायनलाई सँगसँगै लाने गरेका दिनेशले हालै नयाँ लोकदोहोरी गीत समेत सार्वजनिक गरेका छन् ।

‘बोली नफेर…’बोलको उक्त गीत अहिले अडियो भिडियो सहित सार्वजनिक भएको हो । गीतमा दिनेशले मैथली र भोजपुरी चलचित्रकी चर्चित अभिनेत्री डोली सरकारका साथ स्क्रिन शेयर गरेका छन् । भिडियोमा डलीसँग दिनेशको कम्युनिकेसन राम्रो जमेको देख्न सकिन्छ । भिडियो बब्बु थापाले निर्देशन गरेका हुन् । गीतमा आवाज भने दिनेश र गायिका चन्द अर्यालको रहेको छ ।

गोरखाको नाम्जुंग गाविसमा जन्मेका हुन् दिनेशको थुप्रै गीत बाहिर आएका छन् र चर्चामा पनि । सानैदेखि गाउन सौखिन दिनेशल २०६२ सालबाट औपचारिक सांगितिक यात्रा शुरु गरेका हुन् । गायनमा सफल कलाकार बन्ने लक्ष्यका साथ राजधानी छिरेका दिनेशले थुप्रै गीत गायका छन् । ति मध्य प्राय हिट भएका छन्

गायनको अलवा भिडियो मोडलिङमा पनि राम्रै जमेका दिनेशले ‘म जस्तो राम्रो पोई माग’, ‘मेरो लचक्क कम्मर’ , ‘मेरो रुपले पोखरामा तहल्का मच्चायो’ , ‘मायामा घात गर्नेलाई गोलि ठोक्नु पर्ने’, ‘आधि गाग्रो ढल्किन्छ’ ,‘मायालाई घुमाउन लाने हो’, ‘साझ परेपछि रोधिमा झरौला’लगायत दुई दर्जन माथिका गीतमा मोडलिङ गरेका छन् ।

मोडलिङ अनुभवको सिलसिलामा मेलिना मानन्धर ,झरना थापा लगायतसँग समेत स्क्रिन सेयर गरेका दिनेश पछिल्लो समय धेरै म्युजिक भिडियो निर्देशकको रोजाईमा समेत पर्ने गरेका छन् ।