१ कार्तिक २०८३, आइतबार

कात्तिकमा ‘बिजुली मसिन’, रिलिज भयो ट्रेलर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

24काठमाडौं । कार्तिक २६ लाई रिलिज मिति तोक्दै नेपालकै पहिलो साइन्स फिक्सन फिल्म ‘बिजुली मसिन’को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ ।

सिलौटी इन्टरटेनमेन्टको व्यानरमा नवीन अवलले निर्देशन गरेको फिल्मको सार्वजनिक ट्रेलरमा हावाबाट बिजुली निकाल्न युवाहरुले गरेको संघर्षलाई प्रस्तुत गरिएको छ ।

निर्देशक अवालले उर्जा संकटका कारण देशले भोग्नुपरेको नियति र आम नेपालीहरुमा देखिएको असहजता र अभावको दैनिकीलाई फिल्मले कलात्मक ढंगले देखाउने बताए ।

‘फिल्मले नयाँ आविष्कारको निम्ति प्रयासरत साइमन नामक एक विद्यार्थी र अलौकिक क्षमता भएको विज्ञान संकायकै उसको साथी प्रतिकको कथालाई प्रस्तुत गरेको छ,’ निर्देशक अवालले भने,‘ यी दुवै विद्यार्थी समाजमा वैकल्पिक उर्जा श्रोत खोजी गर्नका लागि संघर्षरत रहन्छन् ।’ फिल्ममा नविनकै लेखन छ ।

रिसव आचार्य, संजिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेको लगानी रहेको फिल्ममा अभिशेक सुवेदी, जीवन अधिकारी, अशेष लुँइटेल, जीवन भट्टराई, रेलीजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भुषाल, कमलमणी नेपाल, रियर राई, आकाश मगर, अभिषेस नेपाल, अमृतबाबु केसी, विनिता गुरुङ, रामबाबु रेग्मी, ऐश्वर्या भट्टराई, कृष्ण लुँइटेल र सन्दिप पौडेलको अभिनय छ ।

महानायक राजेश हमाल विशेष भूमिकामा रहेको फिल्ममा रोहित शाक्यको संगीत, हरि हुमागाईको छायांकन छ ।