२ कार्तिक २०८३, सोमबार

दशैँको अवसरमा सामसुङको क्यासशब्याक अफर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mnemonicकाठमाडौं, ३० भदौ । समग्र नेपालीहरुको महान चाड बडा दशैँको शुभ अवसरमा सामसुङले आफ्ना उपभोक्ताहरुका लागि ईन्ष्ट्यान्ट क्याशब्याक अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत सामसुङका टीभी र होम अप्लायन्सेस्को खरिद गर्दा उपभोक्ताले तत्कालै २० प्रतिशतसम्म ईन्ष्ट्यान्ट क्याशब्याक (नगद फिर्ता) पाउने छन् ।

सामसुङ नेपालका लागि कञ्जुमर ईलक्ट्रोनिक्सको आधिकारिक विक्रेता हिम ईलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी ब्यापारले आफ्ना उपभोक्ताका लागि यो अफर सार्वजनिक गरेको हो । अफरको नाम “दशैँ आयो सामसुङ ल्याउँला क्याशब्याक पाउँला” राखिएको छ ।

ईन्ष्ट्यान्ट क्याशब्याक अफर १५ सेप्टेम्बर देखि १५ नोवेम्वरसम्म वा स्टक रहुन्जेल सम्मका लागि मात्र (जुन पहिले त्यही) लागुहुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार सामसुङका टीभी (एसयूएचडी, कर्भ, यूएचडी र एफएचडी), रेफ्रिजिरेटर (सिङ्गलडोर, डबल डोर), वासिङ मेसिन (फ्रण्ट लोड, टप लोड) लगायतका छानिएका उपकरणमा योजना लागु हुनेछ ।