१९ कार्तिक २०८३, बिहिबार

लागु औषधसहित दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau3सुरुङ्गा, २९ भदौ । प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित दुई जनालाई झापाको बुट्टावारीबाट मङ्गलबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भुटानी शरणार्थी शिविर बेलडाँगीका २४ वर्षीय सुवास क्षेत्री र सोही ठाउँका २० वर्षीय संजोग गुरुङ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

उनीहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एक हजार ९८० पिस नाइट्रोजन बरामद गरिएको प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका क्षेत्री र गुरुङ लागुऔषध ओसारपसार गर्ने मुख्य कारोवारी रहेको प्रहरीले जनाएको छ । रासस