१९ कार्तिक २०८३, बिहिबार

जलवायु परिर्वतनले उर्जा संकट निम्तने खतरा : वातावरणमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

minister-of-joshi

– मोहन विष्ट

महेन्द्रनगर, २९ भदौ । जनसंख्या तथा वातावरणमन्त्री जयदेब जोशीले जलवायु परिर्वतनले उर्जा संकट निम्तने खतरा रहेको बताउनुभएको छ ।

नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले बुधबार महेन्द्रनगरमा आयोजना गरेको जलवायु परिर्वतन ज्ञान व्यवस्थापन सबलीकरण कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री जोशीले यस्तो बताउनुभएको हो ।
मन्त्री जोशीले भन्नुभयो– ‘जलवायु अनुकुलन हुन नसके त्यसले कालान्तरमा हिमनदी सुकेपछी उर्जामा समेत संकट निम्तने छ ।’ उर्जा संकट भएपछि विकास निर्माणका काम समेत रोकिने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा मन्त्री जोशीले जोड दिनुभयो ।
पछिल्ला दिनहरुमा जनसंख्याको तिव्र चापका कारण वाताबरणमा समेत असर पुगेको भन्दै जलवायु परिर्वतनका कारण मानवमा प्रत्यक्ष असर पुगेको मन्त्री जोशीले बताए । ‘मनसुनका बेला बर्षा हुँदैन्, हिमपातका बेला गर्मी हुन्छ ।’ उनले भने ‘यो सबै जलवायु परिर्वतनको कारण तत्व हो ।’
जलवायुको असरले विभिन्न किसिमका रोगव्याधी समेतको संक्रमण बड्दै गएको बताउदै मन्त्री जोशीले पहाडी क्षेत्रमा लामखुट्टेको प्रभाव देखिनुपनि एक कारण तत्व भएको उनको भनाई छ । जलवायु परिर्वतनका कारण अतिवृटि, अनावृटिले माटोको तापक्र्म बड्दै जाँदा बालीनालीमा समेत रोग लाग्दा कृषि क्षेत्रमा यसले समेत नराम्रो प्रभाव पारेको मन्त्री जोशीले बताए ।

वातावरण संरक्षणका लागि चुरे पहाड लगायतका प्राकृतिक सम्पदाहरुको संरक्षणमा समेत मन्त्री जोशीले जोड दिनुभयो । वातावरण संरक्षणका लागि वाताबरणमैत्री यातायात संचालन गर्नुपर्नेमा समेत मन्त्री जोशीले धारणा व्यक्त गरेका छन् ।

समग्र वातावरणमा देखिएका समस्याहरुलाई मध्य नजर गर्दै वाताबरण मन्त्रालयले समाधानका लागि विभिन्न प्रयासहरु गरिरहेको समेत मन्त्री जोशीले बताए । उहाँका अनुसार जलवायु अनुकुलनका लागि वाताबरण मन्त्रालयले वैकल्पिक उर्जा, बायोग्याँस, सौय उर्जाका क्षेत्रका विभिन्न कार्यक्रम संचालन गरिएका छन् । दुरगामी भविश्यलाई अध्यनजर गर्दै वातावरण मन्त्रालयले चुनौतीको विश्लेषण गर्दै कार्यक्रम संचालन गरेको मन्त्री जोशीले बताए ।

गोष्ठीले यस क्षेत्रमा समेत जलवायु परिर्वतनको ज्ञान बारे सचार हुनेमा आशा व्यक्त गर्नुभयो । जलवायु न्यूनिरण गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रमा अहम भूमिका निर्वाह गर्नुपर्नेमा समेत जोडदिनुभयो ।

मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला आएका मन्त्री जोशीले समग्र सुदूरको विकासका लागि आफ्नो क्षेत्रबाट सक्दो पलह गर्ने समेत बताएका छन् ।